काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आईपीओलाई निर्धारण गरेको प्रिमियम मूल्य बढाएको छ। 

रिलायबल नेपाल लाइफले प्रिमियम मूल्य बढाएर पुनः आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको हो। 

कम्पनीले प्रिमियम मूल्य बढाउँदै १९९ कायम गरेको छ। जसअनुसार कम्पनीले सेबोनमा प्रतिकित्ता १०० रुपैयाँमा प्रिमियम मूल्य १९९ रुपैयाँ थप गरी २९९ रुपैयाँ आईपीओ निष्कासनको अनुमति मागेको छ। 

यसअघि कम्पनीले सेबोनमा निवेदन दिँदा १०० अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम मूल्य थपेर २१२ रुपैयाँमा आईपीओ जारी गर्न अनुमति मागेको थियो। 

सेबोनले अनुमति दिएमा यो कम्पनीले अब ३ अर्ब ५८ करोड ८० लाख रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १ करोड २० लाख कित्ता आईपीओ जारी गर्नेछ। 

रिलायबल नेपाल लाइफको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ भने सेयर प्रत्याभूतिमा एलिट क्यापिटल रहेको छ। एलिटले यो कम्पनीको ५४ करोड रुपैयाँबराबरको धितोपत्र प्रत्याभूति गर्ने सम्झौता गरेको छ।