काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स प्रिमियममा आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। 

नेपाल धितोपत्र बोर्डले रिलायबल नेपाल लाइफलाई प्रिमियममा आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरमा १५७ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ बिक्री गर्ने अनुमति पाएको छ। 

त्यसो रिलायबल लाइफले सुरुमा धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति माग्दा ११२ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ बिक्रीको अनुमति मागेको थियो। पछि फेरि कम्पनीले प्रिमियम मूल्य बढाउँदै १९९ थपेर प्रतिकित्ता २९९ रुपैयाँमा आईपीओ जारी गर्ने अनुमति मागेको थियो। 

सेबोनले भने रिलायबल लाइफलाई अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ जारी अनुमति दिएको छ। 

अब यो कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता आईपीओ बिक्री गर्नेछ। आईपीओ बिक्रीबाट कम्पनीले २ अर्ब ९८ करोड ९८ लाख रुपैयाँ सर्वसाधारणबाट संकलन गर्नेछ। 

रिलायबल नेपाल लाइफको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ भने सेयर प्रत्याभूतिमा एलिट क्यापिटल रहेको छ। एलिटले यो कम्पनीको ५४ करोड रुपैयाँबराबरको धितोपत्र प्रत्याभूति गर्ने सम्झौता गरेको छ।