 
                     
                                
                             
                                    काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा पहिलो दिनमा १ अर्ब १४ करोड रुपैयाँ बढीको सेयर खरिद आवेदन परेको छ।
कम्पनीले आज साउन २३ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा आज ३ लाख ६२ हजार ७९१ आवेदकबाट ४४ लाख ५१ हजार ७१० कित्ताका लागि १ अर्ब १४ करोड ४० लाख ८९ हजार ४७० रुपैयाँको सेयर खरिद आवेदन परेको सीडीएससीले जनाएको छ।
कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता आईपीओ जारी गर्न पाउने अनुमति पाएको थियो। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ।
यसैगरी कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सामूहिक लगानी कोष र ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ९६ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
कम्पनीले प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ बिक्री खुला गर्नेछ। जसमा अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम जोडिएको छ।
यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार ४०० कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सक्नेछन्।
यो आईपीओको निष्कासन बन्द छिटोमा साउन २६ गते र ढिलोमा भदौ ५ गते बैंकिङ समयपछि हुनेछ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19