 
                     
                                
                             
                                    काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने आज साउन २६ गते अन्तिम दिन रहेको छ।
कम्पनीले गत साउन २३ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।
कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता आईपीओ जारी गर्न पाउने अनुमति पाएको थियो। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ।
यसैगरी कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सामूहिक लगानी कोष र ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ९६ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
सीडीएससीका अुनसार यो आईपीओमा हिजो बिहीबार साँझसम्म १० लाख ८२ हजार ३७९ आवेदकबाट १ करोड ३० लाख ५९ हजार ४६० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १.३६ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओबाट गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भएको छ।
कम्पनीले प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ बिक्री खुला गरेको छ। जसमा अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम जोडिएको छ।
यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार ४०० कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सक्नेछन्।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19