 
                     
                                
                             
                                    काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भोलि बुधबार बाँडफाँड हुने भएको छ।
धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा बुधबार रिलायबल नेपाल लाइफको आईपीओ बाँडफाँड गरिनेछ। बाँडफाँड कार्यक्रम साँझ साढे ५ बजे राखिएको छ।
कम्पनीले गते साउन २३ गतेदेखि साउन २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँमा सर्वसाधारणलाई बिक्री गरेको छ। कम्पनीले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर सर्वसाधारणका लागि कुल ९६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।
अन्तिम दिन साँझसम्म १२ लाख ५५ हजार ७४७ आवेदकबाट कुल १ करोड ५० लाख ३५ हजार ७४० कित्ता माग भएको छ। यो मागभन्दा १.५६ गुणा बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। जसमा भाग्यमानी ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19