 
                     
                                
                             
                                    काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सेयर धितोपत्र दोस्रो बजारमा आइतबारबाट कारोबारमा आउने भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज रिलायबल नेपाल लाइफको सेयर सूचीकृत भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि बिहीबार संविधानसभा अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टिका लागि सरकारले सार्वजनिक बिदा दिएकोले सेयर बजारमा पनि बन्द रहनेछ। सेयर बजार शुक्रबार बन्द रहने भएकोले अब यो कम्पनीको सेयर आइतबारबाट कारोबारमा आउने भएको हो।
नेप्सेमा रिलायबल लाइफको कुल ४ करोड कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २ करोड ८० लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को १ करोड २० लाख कित्ता सेयर रहेको छ।
नेप्सेले यो कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १६२.२९ रुपैयाँ र अधिकतममा ४८६.८७ रुपैयाँ तोकेको छ। आउँदो आइतबार प्रि–ओपसन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबार खुल्नेछ।
रिलायबल नेपाल लाइफले नेप्सेबाट ‘आरएनएलआई’ कारोबार संकेत पाएको छ।
रिलायबल नेपाल लाइफले गत साउन २३ गतेदेखि साउन २६ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। गत साउन ३१ गते यो आईपीओ बाँडफाँड गरिएको थियो। कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँमा सर्वसाधारणलाई बिक्री गरेको थियो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19