काठमाण्डौ । थ्रीडी रेन्डर्स मार्फत ओपोद्वारा विकसित फोल्डिङ फोन (पट्याउन मिल्ने फोन) थप विस्तृत रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
ओपोद्वारा उत्पादित यी रेन्डर्स डब्ल्यूआईपीओ (वल्र्ड ईन्टेलेक्चसअल प्रपर्टी अर्गनाइजेसन)को साइटमा उपलब्ध छन् र हेर्न सकिन्छ ।
मोनोक्रोममा उपलब्ध यी थ्रीडी रेन्डर्सले बाहिरतिर पट्टिन सघाउने कन्सरटिनेड हिंज सहितको उपकरण देखाएको छ ।
उपकरणमा रहेको ठूलो स्क्रिन वरपरको बेजलको मात्राले यो मोडललाई पृथक देखिन सघाएको छ । प्रस्तुत गरिएका थ्रीडी तस्विरहरुमा यसको मात्रा निकै न्यून देखिन्छ । यसले गर्दा उपकरणको डिस्प्ले खुल्ला राख्दा प्रयोगकर्तालाई अझ जीवन्त स्क्रिनको अनुभव प्रदान गर्छ । साथै, पट्याएर राख्दा अझ उपयोगी उपकरणका रुपमा काम गर्छ ।
यो फोनमा प्राइमरी (हेर्दा डुअल झै देखिने) क्यामेरा प्रणालीलाई पप्–अप् मेकानिजम मार्फत लुकाएर राखिएको छ ।
क्यामेरा लुकाउने यो प्रणाली ओपोका लागि कुनै नौलो कार्य भने होइन । हालका लागि भने आफ्नो पट्याउन मिल्ने उपकरणका बारेमा कुनैपनि कुरा आधिकारिक रुपमा ओपोले घोषणा गरिसकेको छैन । यसको मूल कारण भने उपकरण पूर्णरुपमा तयार भइनसक्नु हो ।
सन् २०१९को सूरुवातमै आयोजित मोबाइल वल्र्ड कंग्रेसमा आयोजित ओपोको प्रेस ईभेन्ट लगतै ओपोका अध्यक्षले कम्पनी अहिले विकासको प्रक्रियामा रहेको पट्याउन मिल्ने फोन प्रदर्शित गरेका थिए । अहिले उत्पादनको सुरुवाती चरणमै रहेको यो प्रोटोटाइप बाहिरपट्टि पट्टिने गर्छ । यसर्थमा स्क्रिन अधिकांश अवस्थामा खुल्ला रहने र भित्र नलुक्ने प्रष्ट हुन्छ ।
तथापि, अध्यक्ष र कम्पनीको जवाफ भने प्रविधि अहिले सम्म पूर्णतः तयार भइनसकेको भन्ने नै छ । तर, आउँदा महिनाहरुमा यसका बारेमा अझ स्पष्ट जानकारीहरु बाहिर आउँदै गर्ने अनुमान गर्न सकिन्छ ।
-एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago