काठमाण्डौ । गुल्मीमा ६.५ मेगावाट क्षमताको हुग्दी खोला जलविद्युत परियोजना निर्माण गरिरहेको रु रु जलविद्युत परियोजना लिमीटेडले आयोजना प्रभावितका लागि ४ लाख ७ हजार ७ सय ५ कित्ता आइपीओ निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४ करोड ७ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको आइपीओ निश्कासनका लागि असोज ११ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमीटेडले गर्नेछ । 

यो जलविद्युत आयोजनाले आयोजना प्रभावित पछि सर्वसाधारणका लागि समेत आइपीओ निश्कासन गर्ने योजना बनाएको छ । 

धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि आयोजना प्रभावितका लागि आइपीओ निश्कासन हुनेछ । त्यसपछि मात्र सर्वसाधारणका लागि आइपीओ निश्कासनको प्रक्रिया सुरु हुने बताइएको छ ।