काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।
समीक्षा अवधिसम्म कम्पनीले ९ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ७ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिको नाफा अघिल्लो वर्षको तुलनामा ३०.५३ प्रतिशतले बढी हो।
चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ८.२२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले विद्युत् बिक्रीबाट १४ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर १६ करोड १९ लाख रुपैयाँ भएको छ।
चुक्तापुँजी ४४ करोड ८४ रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार बढेर १३ करोड ८२ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष रिजर्भमा १३ करोड १८ लाख रुपैयाँ थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २०.७६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३०.८३ रुपैयाँ र पीई रेसियो ३७.१० गुणा रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago