काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ६ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ९ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा २६.०९ प्रतिशतले कम हो। 

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १६.६३ प्रतिशतले घटेर १३ करोड ४९ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १६ करोड १९ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ४९ करोड ३३ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार बढेर १५.१७ प्रतिशतले बढेर १५ करोड ९२ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १३ करोड ८२ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको ईपीएस घटेर १३.९५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २०.७६ रुपैयाँ थियो। पीई रेसियो ५३.७४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३२.२८ रुपैयाँ रहेको छ।