काठमाण्डौ। कोरोनाभाइरससँग सम्पूर्ण विश्व जुधिरहेको छ। विश्वभरका अनुुसन्धानकर्ता र वैज्ञानिक कोरोनाविरुद्धको खोप पत्ता लगाउनमा युुद्धस्तरमा लागिपरेका छन्।

यसबीच रुसले आफूले कोरोनाविरुद्धको खोपको मानव परीक्षण पूरा गरेको दाबी गरेको छ। रुसको यो खोपलाई लिएर यतिबेला एउटा ठूलो खुुलासा भएको छ। खुुलासाअनुुसार रुसका अर्बपतिहरुले अप्रिल महिनामै कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाइसकेका थिए। 

ब्लुुमबर्गको रिपोर्टका अनुुसार रुसका अर्बपति र राजनेतालाई कोरोनाविरुद्धको प्रायोगिक खोप अप्रिल महिनामै दिइएको थियो। 

यो सम्पूर्ण मामिलामा जोडिएका सूत्रले कोरोनाविरुद्धको खोप दिइएको रुसी धनाढ्यमा एल्मुनियमको विशाल कम्पनी युनाइटेड रसेलका शीर्ष अधिकारी, अर्बपति र सरकारी अधिकारीहरु समावेश छन्। यो भ्याक्सिनलाई रुसको राजधानी मस्कोस्थित सरकारी कम्पनी गमलेया इन्स्टिच्युुटमा गत अप्रिल महिनामा तयार गरिएको थियो। 

यो भ्याक्सिनलाई विकास गर्नका लागि रुसको सेना र सरकारी रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले वित्तीय सहयोग प्रदान गरेको थियो। गत सातामात्रै यो भ्याक्सिनको पहिलो परीक्षण पूरा भएको थियो। यसको परीक्षण रुसको सेनाका जवानहरुमाथि गरिएको थियो। 

इन्स्टिच्युटले अहिलेसम्म यसको परिणाम सार्वजनिक गरेको छैन। उक्त परीक्षणमा ४० जना सहभागी थिए। अब यो भ्याक्सिनलाई ठूलो समूहमा परीक्षण गरिने भएको छ। 

रुसका राष्ट्रपति भलादिमिर पुुुटिनलाई यो भ्याक्सिन दिइएका बारेमा भने रुसी अधिकारीहरुले कुुनै पनि कुुरा सार्वजनिक गरेका छैनन्। रुसमा अहिलेसम्म ७ लाख ५० हजारजनामा कोरोना संक्रमण देखिएको छ। 

रुसको गमेलेया इन्स्टिच्युटको भ्याक्सिन अन्य पश्चिमा देशको तुलनामा धेरै तीव्रगतिमा अगाडि बढिरहेको छ। अगस्ट ३ मा यो भ्याक्सिनको तेस्रो फेजको परीक्षण सुुरु हुुन गइरहेको छ। यसमा रुस, साउदी अरब र यूएईका हजारौँ मानिस सहभागी हुँदैछन्। 

रुसले सेप्टेम्बर महिनासम्म आफ्ना नागरिकलाई कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराइसक्ने अनुुमान लगाइएको छ। गमालेई इन्स्टिच्युटका प्रमुुख अलेक्जेन्डर जिन्टनबर्गले रुसको सरकारी न्युुज एजेन्सीलाई दिएको अन्तर्वार्तामा १२ देखि १४ अगस्टमा भ्याक्सिनलाई सिभिल सर्कुुलेसनमा लैजाने बताएका छन्। उनका अनुुसार निजी कम्पनीहरुले भ्याक्सिनको उत्पादनलाई सेप्टेम्बर महिना व्यापक रुपमा सुुरु गर्नेछन्। – एजेन्सी