काठमाण्डौ । एकातिर विश्व महामारी कोरोनाभाइरसले संसारभर मृत्युको ताण्डप मच्चाइरहेको बेला रुसमा दुःखद् घटना भएको छ।

रुसको सेन्ट पिटर्सबर्गस्थित एउटा अस्पतालको सघन उपचार कक्षमा अचानक आगलगाी हुँदा त्यहाँ उपचाररत ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो। रुसी समाचार संस्थाहरुको सघन उपचार कक्षको भेन्टिलेटरमा सर्टसर्किट हुँदा भएको आगलागी ती कोरोना संक्रमित बिरामीको ज्यान गएको हो। 

रुसको आपतकालीन मन्त्रालयका अनुसार अहिले आगो नियन्त्रणमा लिइएको छ। आगलागी हुँदा त्यहाँ भागाभाग मच्चिएको थियो। रुसी सुरक्षाकर्मीहरुले १५० जनाभन्दा बढीको उद्धार पनि गरेका छन्। 

केही बिरामी, तिनका आफन्त र स्वास्थ्यकर्मी आगलागी र भागदौडमा घाइते भएको समाचार स्रोतहरु बताउँछन्। –एजेन्सी