 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाल दूरसंचार प्राधिकरणले दूरसंचार सेवा प्रदायक कम्पनीहरुलाई कुनै सेवा शुल्क नलिई २०० रुपैयाँसम्मको सापटी उपलब्ध गराउन निर्देशन दिएको छ ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले देश पूर्ण लकडाउनमा रहेको अवस्थामा दूरसंचार सेवा प्रदायकहरुले कम्तीमा १ महिनासम्म आफ्ना ग्राहकरुलाई यस्तो सुविधा दिनुपर्ने निर्णय भएको जानकारी दिए ।
मंगलबार बसेको प्राधिकरण संचालक समितिको बैठकले यस्तो निर्णय गरेको उल्लेख गर्दै खनालले भने–‘लकडाउनमा रिचार्ज गर्न नपाएकाहरुलाई २०० रुपैयाँसम्मको सापटी दिने स्किम ल्याउन भनेका छौ । त्यसमा कुनै सेवाशुल्क वा अन्य अतिरिक्त शुल्क लिन पाइन्न । ती प्रयोगकर्ताले पछि टपअप गरेपछि सापटी रकम कटाउन सकिनेछ ।’
उनले यो अवधिमा जति रुपैयाँ बराबरको टपअप गरेको हो सोही बराबरको बोनस अफर समेत दिन सेवा प्रदायकहरुलाई आग्रह गरिएको बताएका छन् । ‘जस्तो कसैले ५० रुपैयाँको रिचार्ज गर्यो भने उसलाई ५० रुपैयाँ बराबरकै बोनस प्याकेज उपलब्ध गराउनुपर्छ भनेका हौ ।’ निर्णय स्पष्ट पार्दै खनालले बिजशालासँग भने–‘यी सबै निर्णय एक महिनाका लागि मात्र गरिएको हो ।’
प्राधिकरणले लकडाउनको अवधिमा ग्राहकको सहजताका लागि सेवाप्रदायकरुले कुनै आकर्षक प्याकेज समेत ल्याउनसक्ने सुझाव दिएको छ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19