काठमाण्डौ । कुमारी बैंकले आउँदो कात्तिक २ गतेबाट ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउन भएको छ। 

कुमारी बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ‘केबीएलएम डिबेन्चर २०९०’ नामक ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि जारी गरिनेछ। 

यो ऋणपमा लगानीकर्ताले न्यूनतममा २५ इकाइदेखि अधिकतममा ५ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। 

कुमारी बैंकको यो ऋणपत्रको निष्कासन बन्द छिटोमा कात्तिक १२ गते र ढिलोमा कात्तिक १६ गते बैंकिङ समयसम्म हुनेछ। 

कुमारी बैंकको यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्। 

कुमारी बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।