काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओमा तेश्रो दिनसम्म १९ गुणाको हाराहारीमा आवेदन परेको छ । 

सर्वसाधारणका लागि निश्कासित ६ करोड २९ लाख रुपैयाँ बढीको आइपीओमा १ अर्ब १८ करोड ४६ लाख बढीको आवेदन परेको हो । 

सिडिएससीका अनुसार यो कम्पनीको आइपीओमा आवेदन दिने अन्तिम दिन मंगलबार साँझसम्म देशभरबाट ३ लाख १३  हजार ८ सय ६० आवेदन परेका छन् । कुल १ करोड १८ लाख ४६ हजार ४ सय ७० कित्ता खरीदका लागि आवेदन परेको हो । 

यो तथ्याङ्कमा सामान्य घटबढ हुनसक्ने बताइएको छ । 

कुल निश्कासन हुने आइपीओमध्ये १० हजार ३ सय ७० कित्ता आशा लघुवित्तका कर्मचारीका लागि, ३३ हजार ७ सय कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ता सर्वसाधारण लगानीकर्ताका लागि सुरक्षित गरिएको छ। 

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ३७० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।

यो कम्पनीले आइपीओ निश्कासनको माग गर्दै भदौ १७ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो । बोर्डले पुस २९ गते निश्कासन अनुमति दिएको हो । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम प्रभू क्यापिटलले गरिरहेका छ ।

आइपिओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपि आइपिओ ग्रेड ४’ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ।

आइपीओ निश्कासनपछि कम्पनीका सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ३२.५० प्रतिशत पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २६ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

नूवाकोटमा मुख्य कार्यालय रही स्थापना भएको आशा राष्ट्रिय स्तरको लघुवित्त संस्था हो ।