काठमाण्डौ । लक्ष्मी क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा तेस्रो म्युचुअल फन्डको आउँदो चैत्र ९ गतेदेखि बिक्री खुलाउने भएको छ।

कम्पनीले रु. ८० करोड रुपैयाँको ‘लक्ष्मी उन्नति कोष’ नामक म्युचुअल फन्डको बिक्री खुलाउने भएको हो। रु. १० रुपैयाँ प्रति इकाइ दरका ८ करोड इकाइ बिक्री गरिनेछ। 

कुल इकाइमध्ये न्यूनतम १ करोड २० लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवद्र्धक लक्ष्मी बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी ६ करोड ८० लाख इकाइ सार्वजनिक रुपमा बिक्री खुला गर्न लागिएको हो। 

लगानीकर्ताले न्यूनतम १०० र अधिकृतम ८० लाख इकाइसम्म खरिदका लागि आवेदन पेस गर्न सक्नेछन्। 

यो म्युचुअल फन्डको निष्कासन बन्द छिटोमा चैत्र १३ गते र ढिलामा चैत २३ गतेसम्म तोकिएको छ। 

हाल लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले २ वटा म्युचुअल फण्ड संचालन गरिरहेको छ। ५ वर्षे अवधिको बन्दमुखी लक्ष्मी भ्यालू फण्ड १ रु. ५० करोडको हो भने लक्ष्मी इक्वीटी फण्ड चाहि १ अर्ब २५ करोड रुपैयाँको ७ वर्षे बन्दमुखी स्किम हो।