काठमाण्डौ अर्थमन्त्री डा प्रकाशशरण महतले रैथाने बालीको उत्पादनमा जोड दिन आग्रह गरेका छन् ।
प्रथम नुवाकोट खेलकूद तथा सांस्कृतिक महोत्सवको बिहीबार उद्घाटन गर्दै उनले रैथाने बालीको बजार र माग पर्याप्त रहेकाले थोरै उत्पादन भयो भने पनि मूल्य धेरै पाइने बताए ।
उनले रासायनिक मल, किटनाशक औषधिले नयाँ नयाँ रोग देखापरेको उल्लेख गर्दै जीवनशैली सुहाउँदो उत्पादनलाई प्रबर्द्धन गर्नुपर्ने बताए ।
महोत्सवमा नुवाकोटको कला संस्कृति, सभ्यता, खेलकूद, उत्पादन र विविध विशेषता झल्कने बताउँदै उनले महोत्सव हेर्न आउनेले जिल्लाको विविधता चिन्ने अवसर पनि पाउने बताए ।
नुवाकोटमा उत्पादन हुने फलफुल र तरकारी एक डेढ घन्टामा हामी काठमाण्डौको बजारमा पुर्याउन सक्ने सम्भावना औंल्याउँदै मन्त्री महतले भने, ‘सडक सञ्जालको विस्तार भएको छ, अब घरमा बसेर काठमाण्डौमा जागिर खान सकिन्छ, डेरा लिइराख्नु पर्दैन ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19