काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा रैराङ हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडले ५ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

समीक्षा अवधिको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ३७५.७५ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिको पनि कम्पनीले १ करोड २४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। 

समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २४ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट १७ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

कम्पनीको रिजर्भको आकार ५००.४४ प्रतिशतले बढेर ७ करोड ५३ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ करोड २५ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ५६ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १०.५४ रुपैयाँ रहेको छ। पीई रेसियो ४०.७८ गुणा रहेको प्रतिसेयर नेटवर्थ ११३.४६ रुपैयाँ रहेको छ।