काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले समीक्षा अवधिमा ५ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा पनि कम्पनीले ५ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ११.९१ प्रतिशतले बढी हो।
यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १५ करोड ९४ लाख रुपैयाँ बढी आम्दानी गरेको छ। जसमा रैराङ खोलाबाट ३० लाख ५० हजार रुपैयाँ र इवा खोलाबाट १५ करोड ६३ लाख ७० हजार रुपैयाँ रहेको छ।
गत वर्ष यही अवधिमा कम्पनीले यी दुवै खोलाबाट उत्पादित विद्युत बिक्रीबाट कुल १४ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको थियो। यो हिसाबले विद्युत बिक्रीको आम्दानी थोरै बढेको देखिन्छ।
चुक्तापुँजी ५६ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार १०.६७ प्रतिशतले घटेर ६ करोड ८ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष यही अवधिमा रिभर्जमा ६ करोड ८१ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २०.७१ रुपैयाँ रहेको छ। पीई रेसियो २७.१८ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११०.८७ रुपैयाँ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago