काठमाण्डौ । रौतहटको ईशनाथ नगरपालिकाका तीनमहिने जुम्ल्याहा दिदीबहिनी र उनीहरुका आमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
ईशनाथ वडा २ को एक दम्पती आफ्ना जुम्ल्याहा छोरीहरुसहित केही दिनअघि भारतको दिल्लीबाट आएका थिए। तीमध्ये दुई जुम्ल्याहा बालिका र महिला कोरोना संक्रमित पुष्टि भए पनि बाबुमा भने नेगेटिभ आएको नगर स्वास्थ संयोजक ईसराजुल खानले बताए।
संक्रमित जुम्ल्याहा र आमाको रौतहटको जिंगडियास्थित प्रहरी विद्यालयमा निर्माण भएको आइसोलेसनमा राखेर उपचार भइरहेको। तीनैजनाको अवस्था सामान्य रहेको खानले जानकारी दिए।
हालसम्म यीसँगै ईशनाथमा मात्रै ६८ जना संक्रमित भेटिएका छन्।
रौतहटमा मंगलबार बिहानसम्म कुल २३५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ।
ईशनाथ नगरक्षेत्रअन्तरगतका विभिन्न क्वारेन्टिनमा हाल १ हजार ९२४ जना रहेका छन्। जिल्लाका १८ वटै स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा बस्नेको संख्या भने ८ हजार नाघेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago