काठमाण्डौ । रौतहटमा सोमबार बिहान पुष्टि भएका थप २६ जना कोरोना संक्रमित सबै भारतबाट फर्केकाहरु रहेका छन्।

रौतहटका राजपुरका २४ र इशनाथका २ जनामा सोमबार बिहान कोरोना संक्रमण पुष्टि भएको थियो। भारतबाट फर्किएर उनीहरु सिधै स्थानीय तहको क्वारेन्टाइनमा बसेका थिए। 

क्वारेन्टाइनमा पुगेकामध्ये ९६ जनाको स्वाब संकलन गरेर गत मंगलबार परीक्षणका लागि काठमाण्डौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा २६ जनामा संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलेले जानकारी दिए। संक्रमित सबैलाई राजपुरमै निर्माण भएको आइसोलेसनमा राखिने उनले बताए।

भारतबाट आएका ६०० भन्दा बढीलाई राजपुरस्थित क्वारेन्टाइनमा राखिएको छ। तीमध्ये २०० भन्दा बढीको स्वाब संकलन भइसकेको जानकारी दिँदै प्रजिअ घिमिरेलले जानकारी दिए। 

प्रजिअ घिमिरेका अनुसार रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका २६ सय ४० जना पछिल्लो एक साताको अवधिमा रौतहट भित्रिएका छन्। उनीहरु सबै स्थानीय तहको क्वारेन्टाइनमा बसिरहेको घिमिरेको भनाइ छ। 

यसअघि रौतहटमा २१ जनामा कोरोना पोजेटिभ देखिएको थियो। सोमबार देखिएका थप २६ जनासहित रौतहटमा संक्रमितको संख्या ४७ पुगिसकेको छ। तीमध्ये ३ जना उपचारपछि घर फर्किएका छन्।