काठमाण्डौ। रौतहट जिल्लामा बुधबार एकैदिन थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार ईशनाथ नगरपालिकामा १६, गौर नगरपालिकामा ८, गढिमाई नगरपालिकामा ७ जना, देवाही गोनाही नगरपालिकामा २ र कटहरिया नगरपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाण्डौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको परीक्षणमा यी सबैको नतिजा पोजेटिभ आएको रौतहटको प्रशासन स्रोतले बतायो।
यी सबै हालै भारतको विभिन्न सहरबाट फर्केर आफ्नै पालिकामा रहेका क्वारेन्टानइमा बसेका थिए। उनीहरुलाई अब गौरमा रहेको २५ शय्याको आइसोलेसन वार्ड भरिएका अन्य ठाउँमा आइसोलेसन बनाएर राख्ने वा जिल्ला बाहिर पठाउने भन्ने विषयमा छलफल भइरहेको जिप्रकाका एक अधिकारीले बताए।
हिजो मंगलबार पनि रौतहटमा एकैपटक २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार देवाही गोनाही नगरपालिकाका १३, गौर नगरपालिकाका ७ र राजदेवी तथा गरुडा नगरपालिकामा १÷१ जना कोरोना संक्रमणको पुष्टि भएको थियो।
रौतहटमा यो दुई दिनको अवधिमै ५७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। यीसँगै रौतहटमा कुल संक्रमितको संख्या १०५ पुगेको छ। जसमा तीनजना उपचारपछि निको भएर घर फर्किएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago