काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले बिगमार्टसँग साझेदारी गरी आवश्यक वस्तुहरू काठमाण्डौ उपत्यकाभित्र डेलिभर गर्न सुरु गर्ने घोषणा गरेको छ।
सरकारको अनुमतिका साथ दराज र बिगमार्टले लकडाउनमा ग्राहकहरुको घरढोकामा दैनिक आवश्यक वस्तुहरू जतिसक्दो चाँडो पुर्याउन तयारी गरेका छन्। साझेदारीका रूपमा दाराजको डीमार्ट नामक किराना खण्ड बिगमार्टको अनलाइन शाखामा रूपान्तरण हुनेछ। त्यहाँ ग्राहकहरूले बिगमार्टमा उपलब्ध आवश्यक उत्पादनहरूको पाउनेछन् साथै बिगमार्टमार्फत उपलब्ध अफरहरूको पनि आनन्द लिन सक्दछन्।
ग्राहकहरूले दराजको बैंक पार्टनरहरू सनराइज बैंक, सनिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकको डेबिट र क्रेडिटकार्ड प्रयोग गरी १० प्रतिशत अधिकतम रु ५०० को छूट पाउनुहुनेछ।
दराजमा बिगमार्टका सामानहरू दाराज एप वा वेबसाइटको गृहपृष्ठ र होम पेजमा सजिलै भेट्न सकिन्छ। बिगमार्टको बलियो आपूर्ति चेन र विक्रेताहरूसँगको गहिरो सम्बन्धका कारण ग्राहकहरूले उच्चगुणस्तरको आवश्यक उत्पादनहरूको आशा गर्न सक्दछन्।
यसका साथै दराजको अनुभव र संसाधनहरूले उत्पादहरू समयमै सुरक्षित तरिकाले डेलिभर गराउने कुरा सुनिश्चित गर्न सकिने दाबी गरिएको छ ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19