काठमाण्डौ । कोरोनाभाइरसका कारण भइरहेको लकडाउनका समयमा मानिसहरु सामाजिक दूरी कायम गरिरहेका छन् । यसैबीच सोसल मिडियाको अग्रणी फेसबुुकले यस्तो एप बनाएको छ, जसबाट जोडीहरु एकअर्कामा जोडिन सक्छन् । 

यस एपको माध्यमबाट आपसमा च्याट, फोटो र म्युुजिक सेयर गर्न अनुमति हुुनेछ र ती जोडीका बीच स्टोरी पनि साझा आफ्नो टाइमलाइनमा राख्न सक्नेछन् । 

हालका लागि आइओएसका प्रयोगकर्ताहरुका लागि मात्र यो सेवा कोरोना भाइरस र विश्वभरि लागूू गरिएको लकडाउनका दौरान लञ्च गरिएको फेसबुुकको यो एप हाल अमेरिका र क्यानडामा एप्पल एप स्टोरमा उपलब्ध छ । 

यो एक आइओएस एप भएको बताइन्छ अर्थात् वर्तमान समयमा यो एप केवल आइओएस प्रयोगकर्ताका लागि मात्रै हो । यस एप फेसबुुकको नयाँ प्रडक्ट परीक्षण(एनपीई) टिमले बनाएको हो । 

उनीहरुकाअनुुसार यो एपले तपाईँ र तपाईँको महत्वपूूर्ण समय बिताउने स्थान बनाउनका लागि हो । एनपीआईको गठन पछिल्लो केही वर्षअघि भएको थियो । यसको काम ग्राहकहरुको जरुरतका अनुुसार एप तयार गर्नुु हो । 

एपमा जोडीहरुले हरेक दिनको विशेष क्षणहरु सेयर गर्न सक्नेछन् । यसबाहेक तपाईँ संगीत, प्रेम नोटहरु, फोटो, अडियो नोटहरु र तपाईँको कुराकानी साझा गर्न सक्नुुहुुनेछ । 

यो च्याट रमाइलो गर्न स्टिकर र प्रतिक्रियाका संकेतहरु समेत प्रदान गर्दछ । यो निःशुल्क प्रयोग हो जसलाई प्रयोग गर्न फेसबुुक अकाउन्ट आवश्यक पर्छ ।