– भक्तराज रसाइली

काठमाण्डौ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपालमा गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ। हिजोमात्रै सरकारले लकडाउनको अवधि थप १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्याएको छ। 

एकातिर नेपालमा लकडाउन र अर्कोतिर छिमेकी मुलुक भारतमा पनि लकडाउन जारी रहेकोले खाद्यान्नको सहज आपूर्ति हुन सक्दा निकट समयमै अतिआवश्यकीय खाद्यसामग्रीको अभाव हुन सक्ने उद्योगव्यापारीहरुले अनुमान गरेका छन्। 

विराटनगरमा खाद्य उद्योग सञ्चालन गर्दै आएका उद्योगी सतिशकुमार बोहराले भारतबाट खाद्यान्न आउन बन्द रहेको जिकिर गर्दै सरकारी संयन्त्रको समन्वय र तालमेलकै अभावले गर्दा फुड सप्लाई चेनमा गम्भीर असर परिरहेको बताए। केन्द्रीय सरकारले हाल अत्यावश्यक उद्योगहरु सञ्चालन गर्न अनुमति र निर्देशन दिएको तर स्थानीय प्रशासन र सुुरक्षाकर्मीबीच समन्वय र तालमेल नहुुँदा खाद्य उद्योगहरु बन्द अवस्थामा अथवा सीमित उद्योगमात्र सञ्चालनमा आएकाले निकट समयमा खाद्यान्नको चरम अभावबाट गुुज्रनुुपर्ने अवस्था आइरहेकोमा बोहराले चिन्ता व्यक्त गरे। प्याकिङ कच्चापदार्थका उद्योगहरु निर्वाध रुपमा चल्न नपाएको पनि उनले गुुनासो पोखे। ‘श्रमिकलाई उद्योगसम्म काम गर्न आउन दिने वातावरण सरकारको हो तर यहाँ सरकारको हावादारी कुुरामात्रै धेरै भइरहेको छ’, उनले बिजशालासँग भने, ‘स्थानीय तह, प्रमुुख जिल्ला अधिकारी (सीडीओ) र सुुरक्षा प्रशासनबीच समन्वय हुुन नसक्दा खाद्य उद्योगहरुमा कच्चापदार्थ उपलब्धता रहे पनि उत्पादन गर्ने वातावरण बन्न सकिरहेको छैन। चामल बन्ने धान आँटा बन्ने गहुुँलगायत फ्याक्टीमा नै असरल्ल परेको छ।’

कोरोना महामारीको महासंकटले विश्वभरि नै खाद्यान्नको जोहो गरिरहेका बेला नेपालमा भने यस विषयमा वास्ता नगरिएको उद्योगी बोहराले तर्क राखे। खाद्यान्नको अभाव चर्किंदा कालाबजारी बढ्ने तर उद्योगी र उपभोक्तामा भने सबैभन्दा धेरै मार पर्न सक्ने उनको ठहर छ।

होलसेलमा खाद्यपदार्थको स्टक न्यूून मात्रामा रहेको र खुुद्रा पसलमाहरुसम्म पुुग्ने वातावरण नभएकाले बोहराले सीडीयो र सुरक्षाकर्मीको पहल तथा समन्वय भई श्रमिकहरु उद्योगसम्म आई कार्य गर्ने वातावरण मिलाउँदा सहजीकरण गदिदिएमा फूड सप्लाई चेन सहज हुुने उनको भनाइ छ। केन्द्र सरकारले उद्योग चलाउन भनेपनि श्रमिक उद्योगसम्म आउने वातावरण बन्न नसकेको र उद्योगको उत्पादन पनि गम्भीर असर परेको बोहरा बताउँछन्। 

श्रमिकलाई घरबाट उद्योगसम्म आउने वातावरण पास दिएर आउने वातारण बनाइदिनुुपर्ने बनाउन उनले जोड दिए। ‘उत्पादनमात्र भएन टान्सपोर्टसँग पनि समन्वय नभए वितरण प्रणाली असहज हुुुन्छ’, उनले भने।

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि मुुलुुक लकडाउनमा छ। अतिआवश्यक भनिएका खाद्य उद्योगहरु हाल सञ्चालनमा श्रमिकहरुको अभावले उद्योगहरु सञ्चालनमा आउन सकिरहेका छैनन्। खुुद्रा पसलहरु पनि रितिँदै जानुु र होलसेलको स्टक नरहनुुले भोलिका दिनमा खाद्यान्न अभाव हुुुन सक्ने देखिन्छ। 

उद्योगबाट उत्पादित अति आवश्यकीय खाद्यसामाग्री देशभर बिक्रीवितरणमा समेत सहजता नभइरहेका सन्दर्भमा बेलैमा यसतर्फ सरकारको ध्यानाकर्षण हुुन जरुरी छ।