काठमाण्डौ । कोरोना महामारीको वर्तमान अवस्थामा शैक्षिक संस्थानहरुले शिक्षालाई घर–घरसम्म पुर्याउनका लागि अनलाइन भिडियो कन्फ्रेन्सिङ र भिडियो ट्युटोरियलजस्ता टूलहरुको प्रयोग गरिरहेका छन्। 

यस्तो क्रियाकलापका लागि हाई ब्यान्डविथको आवश्यकता पर्दछ र सोही समयमा अन्य परिवारजनले पनि इन्टरनेट चलाउँदा अनलाइन क्लास र मिटिङहरु भइरहेको समयमा इन्टरनेट स्पिड कम हुनाले विद्यार्थी र शिक्षकलाई समस्या पर्न सक्छ।

नेपालको अग्रणी इन्टरनेट सर्भिस प्रदायक भायानेटले यसै कुरालाई बुझेर अहिलेका विद्यार्थी र शिक्षकहरुका लागि ई–लर्निङ टीभी प्लस नामक दुई नयाँ प्याकेजहरु ल्याएको छ।

भायानेटको नयाँ ई–लर्निङ्ग प्याकले बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म इन्टरनेटको स्पिडलाई ५० एमबीपीएससम्म दोब्बर गर्र्न सक्छ र अन्य समयमा २५ एमबीपीएसमा सञ्चालन हुन्छ। विद्यार्थी र शिक्षकलाई बिनाअवरोध हाई स्पिडमा क्लास सञ्चालन गर्न सहयोग मिलोस् भनेर भायानेटले यो प्याकेज ल्याएको हो।

यस प्याकेजमा “फोकस मोड” विशेषता र नेटटीभी टीभी सर्भिसजस्ता विशेष सेवाहरु समावेश छन्। “फोकस मोड” विशेषता भायासेक्योरद्वारा पावर गरिएको छ र यसको मद्दतले समस्त ध्यान विचलित गर्ने अनलाइन चिजहरु जस्तै कि गेमहरु, युट्यूब, फेसबुक र अन्य थुप्रै साइटहरु एक क्लिकमै असक्षमगर्न प्रयोगकर्तालाई सहयोग मिल्छ। यसले विद्यार्थीहरुलाई कक्षामा राम्ररी ध्यान दिन र अभिभावकलाई उनीहरु आफ्नो काममै ध्यान दिइरहेका छन् भन्ने सुनिश्चितता प्रदान गर्दछ। 

यसैगरी यस प्याकेजमा समावेश गरिएको नेटटीभी टीभी सर्भिसमा २५० भन्दा बढी च्यानलहरुका साथ पज् र प्ले, क्याच अप टीभी, मूभी अन डिमाण्ड र मोबाइल एपजस्ता विशेषताहरु छन्।

ई–लर्निङ प्याकेज प्रतिमहिना रु. १ हजार ७०० मा उपलब्ध छ।