 
                     
                                web photo
 
                                    काठमाण्डौ । पेट्रोलको मूल्य फेरि बढेको छ ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटरमा २ रुपैयाँले वृद्धि गरेको हो । नयाँ मूल्यसूचि मंगलबार मध्यरातिदेखि नै लागू हुनेछ ।
समायोजित मूल्यअनुसार अब पेट्रोलको मूल्य १०७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
निगमले डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै राखेको छ ।
इण्डियन आयल कर्पोरेसनले प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूचि पठाउने गर्छ । निगमले सोही सूचिअनुसार मूल्य समायोजन गर्दै आएको छ । पछिल्लो मूल्यसूचि समेत बढेर आएकोले पेट्रोलको मूल्य बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायको प्रष्टीकरण छ ।
मूल्य बढाउँदाको अवस्थामा समेत भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२.२६ र डिजेलमा प्रतिलिटर ३६.७५ रुपैयाँले नेपालतर्फ सस्तो रहेको उपाध्यायको दाबी छ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19