काठमाण्डौ । भारतको महाराष्ट्रमा कोरोनाभाइरसको संक्रमण कम हुुने नाम लिइरहेको छैन । भारत सरकारले कोरोना संक्रमणका घटना कम गर्न लकडाउन र कडा प्रतिबन्धको नियम लागू गरेको छ । यसमा सार्वजनिक रुपमा विवाह गर्न नपाइने नियम पनि रहेको छ । तर, सरकारको यस्तो नियमको बाबजुुद मुुम्बइका एकजना युुवकले बरेलीकी एक युुवतीसँग भिडियोमार्फत भर्चुुअल विवाह गरेका छन् ।
दुुवैजना युुवा युुवतीले विवाह सम्बन्धी वेभसाइटको माध्यमबाट जुुम एपको अनलाइन लाइभ भिडियो स्ट्रीमिङमा सात जुनी सँगै रहने कसम खाँदै सात फेरा लिएका छन् ।
भर्चुअल विवाहमा १५० भन्दा धेरै आफन्तहरु सहभागी भएका थिए । १६ हजार दर्शकले यो लाइभ भिडियो विवााहलाई लाइक गरेका थिए ।
मुुम्बइमा बस्ने दुुलाहा सुुषेन डंगले १४०० किलोमिटर टाढा रहेको बरेलीमा बस्ने कृती नारंगसँग भिडियो कन्फेरेन्सीङमार्फत लगनगाँठो कसेका हुुन् । विवाहको क्रममा बेहुुला र बेहुुली पक्षका तर्फबाट सामाजिक दुुरीको पालना गरिएको थियो ।
विवाहका लागि मन्त्र उच्चारण गर्न छत्तीसगढका पण्डित पनि भर्चुअल रुपमा कनेक्ट भएका थिए ।
सुुषेन क्यानडामा एक आइटी कम्पनीमा कार्यरत छन् । उनका आमा बुुवा मुुम्बइमा बस्ने गर्छन । सुुषेन विवाहका लागि क्यानडाबाट मुुम्बई आएका थिए । उनको विवाह आइतबार उत्तराखण्डमा हुुने तय भएको थियो । यसका लागि पहिले नै रिसोर्ट बुुक भइसकेको थियो । तर लकडाउनका कारण उनीहरुको योजना तुुहियो ।
यस्तैमा उनलाई एकजना साथीले अनलाइन विवाह गर्ने सुुझाव दिए । जुुन सुुझावलाई दुुवैतर्फका आमा बुुबाले अनुुमति दिएका थिए । कृतिका परिवारका सदस्यहरु सामाजिक सञ्जालमा त्यति सक्रिय नभएकाले उनीहरुलाई अनलाइन विवाहका लागि मनाउन धेरै समय लागेको थियो ।
सम्पूर्ण विधि पूरा गरेर विवाह सम्पन्न भएपछि भने कृतिका परिवारका सदस्यहरु पनि खुुसी भएका छन् । विवाहमा गरिने सम्पूर्ण संस्कारहरु अनलाइन नै गरिएको थियो । परिवारका सदस्यहरु पनि अनलाइनमार्फत जोडिएका थिए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19