काठमाण्डौ । आगामी जेठ २० गतेसम्म धितोपत्र कारोबार स्थगित हुुने भएको छ।

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि हिजो बसेको मन्त्रिपरिषद्को बैठकले पाँचौँपटक जेठ २० गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरिसकेको छ।

सरकार जारी राखेको लकडाउनको अवधि बढेसँगै नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले लकडाउन अवधिभर धितोपत्र कारोबार स्थगन गर्ने निर्णय गरेको हो। 

नोबेल कोरोना भाइरसको प्रकोपलाई नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकारले जारी राखेको लकडाउन अवधिभर धितोपत्र कारोबार पनि स्थगित हुने सोमबार बसेको नेप्सेको सञ्चालक समितिले जनाएको छ।