काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले लक्ष्मी बैंक र माछापुच्छ्रे बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति दिएको छ।
धितोपत्र बोर्डले लक्ष्मी बैंकलाई २ अर्ब रुपैयाँ र माछापुच्छ्रे बैंकलाई ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो। धितोपत्र बोर्डको अनुमतिसँगै अब लक्ष्मी बैंकले ‘लक्ष्मी बैंक डिबेन्चर’ र माछापुच्छ्रे बैंकले ‘माछापुच्छ्रे डिबेन्चर २०८७’ निष्कासन गर्नेछन्।
लक्ष्मी बैंक १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको डिबेन्चर निष्कासन गर्नेछ। कुल इकाइमध्ये १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ।
लक्ष्मी बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।
यो ऋणपत्र १० वर्ष अवधिको हुनेछ भने लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछन्।
यसैगरी माछापुच्छ्रे बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ। बाँकी १२ लाख इकाइ भने सर्वसाधारणलाई बिक्री गरिनेछ।
माछापुच्छ्रेको ऋणपत्र पनि १० वर्षे अवधिकै हुनेछ। यसमा लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत नै ब्याज पाउनेछन्।
माछापुच्छ्रे बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19