काठमाण्डौ । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्सकासन गर्ने विशेष प्रस्तावसहित पहिलो वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको गत कात्तिक १९ बसेको सञ्चालक समितिको बैठकले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने निर्णय गर्दै सभा बोलाएको हो । सभा आगामी मंसिर ११ गते कम्पनीको रजिष्टर्ड कार्यालय हेटौंडा- ८ मा बिहान ११ बजे बस्नेछ ।

सभाले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै सभाको अन्य प्रस्तावमा गत आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको प्रतिवेदनमा छलफल गरी पारित गर्ने तथा सञ्चालक समिति गठन गर्ने रहेको छ ।

त्यसैगरी अन्य प्रस्तावमा कम्पनीको प्रबन्धपत्रको विभिन्न दफाहरु संशोधन गर्ने तथा चालू आव २०८०/ ८१ का लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।