काठमाण्डौ ।लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको आाव २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

कम्पनीको २०८० आषाढ मसान्तमा कायम रहेको चुक्तापूँजी ४४ करोड १६ लाख ६२ हजार १०० रुपैयाँ छ । 

सभाले अन्य ईजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेका व्यक्तिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्तावलाई समेत निरन्तरता प्रदान गरेको छ । 

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद श्रेष्ठले वर्तमान अवस्थामा लघुवित्तमा देखिएका समस्या र चुनौतिहरुको समीक्षा गर्दै आगामी दिनमा थप सवल बनाउदै लैजाने बताए ।
कम्पनीले २०६९ जेठ २२ गते नुवाकोटको बट्टारबाट लघुवित्त कारोवार शुरु गरेकोमा हाल आएर देशभर ५६  जिल्लाहरुमा ९० वटा शाखा कार्यालयहरु मार्फत १ लाख ८ हजारभन्दा बढी ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्‍याएको बताएको छ ।

त्यस्तै कम्पनीले २०८० मंसिर मसान्तसम्ममा ७ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने  ग्राहक सदस्यहरुबाट २ अर्ब १९ करोड रुपैयाँ बचत संकलन गरेको पनि बताएको छ । 


सभा कम्पनीका अध्यक्ष अपछ कुमार यादवको अध्यक्षतामा भएको थियो ।