काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फन्ड–१ ले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना इकाइधनीहरु १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

लक्ष्मी बैंकको प्रवद्र्धन तथा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित लक्ष्मी भ्यालु फन्ड–१ इकाइधनीहरुले करसहित १५ प्रतिशत नगद लाभांश पाउने भएका हुन् ।

सञ्चालक समितिको हिजो बुधबार बसेको ५३ औँ बैठकले लाभांश वितरण गर्ने निर्णय लिएको हो ।