काठमाण्डौ । लक्ष्मी म्युचुल फन्डअन्तर्गत सञ्चालन हुने लक्ष्मी उन्नति कोषका इकाइहरुआउँदो साउन ११ गतेदेखि सार्वजनिक निष्कासन तथा बिक्री खुला गरिने भएको छ।
लक्ष्मी उन्नति कोषको प्रतिइकाइ १० रुपैयाँ दरका ८ करोड इकाइमध्ये न्यूनतम १ करोड २० लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवद्र्धक लक्ष्मी बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम ६ करोड इकाइ सर्वसाधारणका लागि बिक्री खुलाउन लागिएको हो।
यसअघि लक्ष्मी उन्नति कोषका इकाइहरु गत चैत ९ गतेदेखि बिक्री खुला गरिने भनिएको छ। तर विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि निष्कासन प्रक्रिया स्थगित गरिएको थियो।
यो म्युचुअ फन्डमा न्यूनतम १०० इकाइ र अधिकतम ८० लाख इकाइसम्म खरिद आवेदन दिन सकिनेछ। इकाइ निष्कासन बन्द छिटोमा साउन १४ गते र ढिलामा साउन २५ गते (बैंकिङ समयपश्चात) हुनेछ।
इकाइ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19