काठमाण्डौ । भारतमा लगातार नयाँ कोरोना संक्रमणको मामिला र मृत्यु घट्दै गइरहेको छ। 

पछिल्लो २४ घन्टामा भारतमा कोरोनाबाट १ लाख ३२ हजार ३६४ जना संक्रमित थपिएका छन्। यो अवधिमा २० लाख ७५ हजार ४२८ जनाको कोरोना परीक्षण गरिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

यो अवधिमा थप २ लाख ७ हजार ७१ जना निको भएका छन् भने २ हजार ७१३ जनाको मृत्यु भएको छ। 

हालसम्म भारतमा २ करोड ८५ लाख ६४ हजार ३५० जना संक्रमित भइसकेका छन्। तीमध्ये २ करोड ६५ लाख ९७ हजार ६५५ जना निको भइसकेका छन् भने ३ लाख ४० हजार ७०२ जनाको मृत्यु भइसकेको छ। 

हाल भारतमा सक्रिय संक्रमितको संख्या १६ लाख ३५ हजार ९९३ रहेको छ। 

हालसम्म भारतमा २ करोड ६५ लाख ९७ हजार ६५५ जनाले कोरोना खोप लगाइसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन्। – एजेन्सी