काठमाण्डौ । सेयर कारोबारको क्रममा तोकिएको ब्रोकर कमिसनमा भ्याट लगाउने सरकारी तयारीको बिषयलाई लिएर सेयर लगानीकर्ता संघ र स्टक ब्रोकर एशोसिएसनबीच पानी बाराबारको अवस्था सिर्जना भएको छ ।
सेयरको कारोबारमा केही अघिसम्म कारोबार मूल्यको न्यूनतम ०.७ देखि अधिकतम १ प्रतिशतसम्म कमिसन शुल्क तोकिएको थियो । तर, लगानीकर्ताको लागत कम गर्न भन्दै त्यसलाई घटाएर अधिकतम ०.६ र न्यूनतम ०.४ को रेञ्ज कायम गरिएको छ । स्टक ब्रोकर एशोसिएसन ०.४ देखि ०.६ को रेञ्जमा भ्याट लगाउँदा यो बाहेकको अतिरिक्त रकम लगानीकर्ताले नै तिर्ने हुँदा घटेको कमिसन दर झनै बढ्ने बताइरहेको छ ।
स्टक ब्रोकर एशोसिएसनले हाल कायम कमिसन दरमा सेयर खरीद गर्दा र बिक्री गर्दा नै लगानीकर्ताले १३ प्रतिशतको दरले भ्याट तिर्नुपर्ने भन्दै प्रचारबाजी गरेको बिषयले लगानीकर्ता संघ बिच्किएको छ । यहीकारण लगानीकर्ता संघ र ब्रोकर एशोसिएसनका अधिकारीबीच भ्याटको बिषयमा देखिएको अन्यौलको गाँठो फुकाउन कुनै प्रयास नै भएको छैन । दुवैले एक अर्कालाई एकअर्काको कार्यालयमा छलफलका लागि आउन भने पनि एक अर्कालाई निषेध गर्दै दुवै आ–आफ्नो शैलीमा अगाडि बढेका छन् ।
सेयर लगानीकर्ता संघ सेयर लगानीकर्तालाई थप भार पर्ने गरी वा लगानीकर्ताले नै हाल कायम ब्रोकर कमिसन दरमा थप १३ प्रतिशत रकम तिर्नै नसक्ने अडानका साथ अगाडि बढेको छ भने ब्रोकर एशोसिएसन हाल कायम ब्रोकर कमिसन दरमा थप भ्याट लगाइने हुँदा त्यसको व्ययभार लगानीकर्तालाई पर्ने भन्दै हिँडिरहेको देखिएको छ ।
स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्यालले भ्याट लगाउँदा लगानीकर्तालाई अहिलेको खर्च बढ्ने भन्दै यो व्यवस्था नै लागू नगर्नुपर्नेमा जोड दिए । ‘सेयर कारोबारको खर्च घटाउने भनेर हालै ब्रोकर कमिसन घटाइयो ।’ उनले थपे–‘अब भ्याट लगाउँदा लगानीकर्ताले किन्दा र बिक्री गर्दा तिर्ने कमिसनको थप १३ प्रतिशत समेत रकम बुुझाउनुपर्छ, यसले त फेरि लगानीकर्ताको खर्च पहिलाको जस्तै अवस्थामा पुुग्ने भयो ।’ उनले ब्रोकरहरुलाई भ्याटमा दर्ता हुन कुनै समस्या नभएको, तर यो व्यवस्थाले लगानीकर्ताको खर्च बढाउने र यसले समग्र बजारमै नकारात्मक प्रभाव पार्ने भन्दै भ्याट लगाउने नीति नै गलत रहेको टिप्पणी गरे ।
‘हिजोका दिनमा हामीले लगानीकर्ताबाट भ्याट नै उठाएका छैनौ, यस्तो अवस्थामा कहाँबाट भ्याट तिर्ने भन्ने हाम्रो कुरा हो ।’ उनले भने–‘निश्चित समयदेखि तोकेरै यो व्यवस्था सरकारले लागू गर्न सक्छ । हामीले भ्याटको विरोध गरेका होइनौ ।’ उनले लगानीकर्ताले कारोबारको क्रममा तिर्ने कमिसनको लागत कम गर्नुपर्छ भन्ने नीति लिने सरकारले फेरि घुमाएर लगानीकर्ताको कान समात्नुु गलत रहेको टिप्पणी गरे ।
सेयरको कारोबारमा केही अघिसम्म कारोबार मूल्यको न्यूनतम ०.७ देखि अधिकतम १ प्रतिशतसम्म कमिसन शुल्क तोकिएको थियो । तर, लगानीकर्ताको लागत कम गर्न भन्दै त्यसलाई घटाएर अधिकतम ०.६ र न्यूनतम ०.४ को रेञ्ज कायम गरिएको छ । स्टक ब्रोकर एशोसिएसन ०.४ देखि ०.६ को रेञ्जमा भ्याट लगाउँदा यो बाहेकको अतिरिक्त रकम लगानीकर्ताले नै तिर्ने हुँदा घटेको कमिसन दर झनै बढ्ने बताइरहेको छ ।
तर, सेयर लगानीकर्ता संघ भने एशोसिएसनको तर्कप्रति सहमत छैन । अगुुवा सेयर लगानीकर्ताहरु समेत स्टक ब्रोकर एशोसिएसनले परिस्थितिलाई गलत ढंगले विकास गरिरहेका भन्दै आक्रोशित देखिएका छन् । लगानीकर्ता संघका एक सदस्य तथा अग्रज लगानीकर्ता छोटेलाल रौनियारले ब्रोकर संघका अधिकारीहरुले लगानीकर्ताहरुलाई तुच्छ व्यवहार गरिरहेका आरोप लगाए । ‘ब्रोकरहरुले लगानीकर्तालाई डूूबाउने गरी बदमासी गरिरहेका छन् ।’ उनले भने–‘हामीले जति कमिसन तिर्छौ, त्यहीभित्रबाट उनीहरुले सरकारलाई भ्याट बुुझाउनुपर्छ, लगानीकर्ताले अतिरिक्त रकम किन तिर्ने ?’ उनले ५० जना ब्रोकरहरु मिलेर लाखौं लगानीकर्तालाई घुमाउन खोजेका र गलत व्यवस्था लागू गराउन चलखेल भइरहेको दाबी समेत गरे । पछिल्लो समय आफूहरुले बोलाएको छलफलमा ब्रोकर एशोसिएसनका अधिकारी नआएका भन्दै उनले रोष प्रकट गरे । ‘लगानीकर्तासँग छलफल गर्न नचाहने, तर मिडियाबाजी गर्दै लगानीकर्ताको अहितमा कुरा गर्ने ?’ आक्रोशित मुद्रामा रौनियारले भने–‘हामीले अहिले कायम कमिसन मात्र तिर्ने हो, त्यसैबाट उनीहरुले भ्याट बुुझाउन् ।’
यसरी स्टक ब्रोकर एशोसिएसन र सेयर लगानीकर्ता संघका अधिकारीहरुको जुँगाको लडाई र पानी बाराबारको अवस्थाले लाखौ सेयर लगानीकर्ता भ्याटको हाउगुुजीका कारण तर्सिरहेका छन् । यसको प्रभाव आइतबारको बजारमा समेत देखिइसकेको छ । ब्रोकर र लगानीकर्तालाई नेतृत्व गर्छौ भन्ने दुवै संस्थाले भ्याटको बिषयमा देखिएको अन्यौल समाधान गर्ने गरी विकल्प तयार गर्नुपर्न देखिएको छ । एकअर्काका परिपूरक बन्नुपर्ने दुुई संस्थाका नेता एकअर्कालाई सिध्याउने खेलमा लाग्नुुभन्दा सरकारले लगाउन खोजेको भ्याटको बिषयमा मिलेर अगाडि बढ्नुुको विकल्प पनि छैन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago