आठ महिनाअघि संघको अगुवाईमा नेपाल स्टक एक्सचेञ्ज परिसरमा प्रदर्शन गर्दै लगानीकर्ता ।
काठमाण्डौ । गठनको एक वर्ष नपुुग्दै सेयर लगानीकर्ता संघ फूटेको छ । संघलाई लामो समयदेखि आफ्नै वरिपरि राखेका महासचिव नवराज सुवेदीले पूँजी बजार विकास र लगानीकर्ताको हितका लागि भन्दै यसअघि गठन भएका संघसंगठनहरु व्यक्तिगत स्वार्थमा लागेका आरोप लगाउँदै समग्र बजारको विकासका लागि भन्दै नयाँ संगठन स्थापनाको तयारी थालिएको दाबी गरेका छन् ।
नेतृत्वमा बसेर आफैं हर्ताकर्ता भई काम गरेका सुवेदी आफैंले यसअघि गठन भएका संघको नेतृत्वकर्ता व्यक्तिगत स्वार्थमा केन्द्रीत भएका खुलासा गर्नुले आफैंले आफ्नो पोल खोलेको रुपमा कतिपयले बुुझेका छन् । तर, सुवेदी पक्षले भने अध्यक्ष उत्तम अर्यालको कार्यशैलीप्रति असहमति जनाउँदै उनले संघ त्यागेका दाबी गरेको छ ।
बिजशालाले त्यसबेलै लगानीकर्ता संघ नियामकको ‘ललीपप’मा भूलिएको र नाटकीय ढंगले आन्दोलन रोकी लाभ लिने काममा सक्रिय रहेको खुलासा गरेको थियो । महासचिव सुुवेदीको संघ परित्याग र उनले गरेका खुलासाहरुले लगानीकर्ता संघको नेतृत्व लामो समयदेखि नियामको लाभमा भूलिएको पुष्टि गरेको छ । तर, दोष जति अरुलाई थोपरेर महासचिव सुवेदी बाहिरी अर्को संघ गठन गर्नुले धेरै संशयहरु पनि पैदा गरिदिएको छ ।
‘कहिले कुनै कम्पनीको मूल्य माथि पुर्याउने, हकप्रदको नाममा फट्याई गर्ने जस्ता प्रवृतिमा संघका अध्यक्ष र उपाध्यक्षले साथ दिनुुभयो । रिलायवल बैंकसँग कम्प्रोमाइज गरेर आएबाट ममा निराशा थियो, त्यसपछि यस्ता काण्ड र प्रवृति थुप्रै भए, जसका कारण मलाई संघमा बस्न मन लागेन र छाडेर हिँडे ।’
-नवराज सुवेदी:तत्कालीन महासचिव
सेयर लगानीकर्ता संघ
सेयर लगानीकर्ता संघका तत्कालीन महासचिव नवराज सुवेदीले संघको नेतृत्वमा बसेकाहरु संगठनको नाम बेचेर व्यक्तिगत स्वार्थ पूरा गर्ने काममा लिप्त भएका कारण निराश भई राजीनामा दिएको बताए । उनले लगानीकर्ताको हितमा काम गर्ने गरी नयाँ संघ गठनको तयारी थालिएको जानकारी दिंदै बिजशालासँग भने–‘केही दिनभित्रै औपचारिक रुपमा नयाँ संघ गठन भएको खबर तपाईहरुले सुन्न पाउनुहुन्छ ।’
सुवेदीले सेयर लगानीकर्ता संघले विगतमा सामूहिक स्वार्थलाई छाडेर व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको आरोप समेत लगाए । ‘हामी एकथरिले चाहि काम गरिरहने, तर अर्काथरिले भने हामीले गरेको कामको क्रेडिट लिएर फाइदा मात्र लुटिरहने अवस्था देखियो, संस्थामा देखिएको यो गलत प्रवृतिविरुद्ध मैले विद्रोह गरेको हुँ ।’–उनले भने ।
सुवेदीले तत्कालीन रिलायवल डेभलपमेन्ट बैंकको हकप्रद रद्ध गर्ने बिषयमा समेत बैंकसँग संघका अध्यक्ष उत्तम अर्याल र उपाध्यक्ष ताराप्रसाद फूल्लेल मिलेर आफ्नो स्वार्थ पूरा गरेका संगीन आरोप समेत लगाए । ‘कहिले कुनै कम्पनीको मूल्य माथि पुर्याउने, हकप्रदको नाममा फट्याई गर्ने जस्ता प्रवृतिमा संघका अध्यक्ष र उपाध्यक्षले साथ दिनुुभयो ।’ उनले खुलस्त हुँदै भने–‘रिलायवलसँग कम्प्रोमाइज गरेर आएबाट ममा निराशा थियो, त्यसपछि यस्ता काण्ड र प्रवृति थुप्रै भए, जसका कारण मलाई संघमा बस्न मन लागेन र छाडेर हिँडे ।’
‘नवराज जीले पनि संघलाई व्यक्तिगत स्वार्थ पूराका लागि गरेका कामहरुको बिषयमा हामीले पनि खोजे के होला ? संघले स्पष्टीकरण सोधेपछि उहाँ हिड्नुुभएको हो ।’
-उत्तम अर्याल : अध्यक्ष
सेयर लगानीकर्ता संघ
उनले लगानीकर्ताको हितमा संघको नेतृत्वले कुनै स्ट्याण्ड नै लिन नसकेको दाबी समेत गरे । ‘नेतृत्वले गरेको गलत कुरालाई ढाकछोप गर्नैका लागि कतिदिन बसिरहने ?’ प्रश्न गर्दै उनले थपे–‘अरु गल्ती गर्दै जाने अनि भागिदार हामीले बन्नुपर्ने ? हामीले काम गर्यौं, तर साथीहरुले कुरा मात्र बेचेर खाए । आफ्नो दूनो मात्र सोझ्याए । लगानीकर्ताका समस्या ज्यूँका त्यूँ रहे ।’
सेयर लगानीकर्ता संघले विभिन्न ६ बुँदे माग राख्दै ८ महिनाअघि नेपाल स्टक एक्सचेञ्ज र धितोपत्र बोर्डमा घेराउ गर्दै प्रदर्शन गरेको थियो । उनीहरुले सो बेला आफ्ना ६ वटा माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए पनि दुुई दिन २ ठाउँमा प्रदर्शन भएपछि एकाएक आन्दोलन सेलाएको थियो । त्यसपछि लगानीकर्ता संघका अधिकारीले नियामक निकायका अधिकारीहरुलाई एकैठाउँमा राखेर लगानीकर्ताहरुसँग अन्तरक्रिया गराउने र एउटै मञ्चबाट माग पूरा गर्ने प्रतिबद्धता माग्ने कार्यक्रम गर्ने भनिए पनि त्यो पनि रहस्यमय ढंगले तुहाउने काम भएको थियो । त्यसपछि नेप्से र बोर्डका अधिकारीसँग लगानीकर्ता संघको नेतृत्वको बाक्लो उठबस भएको थियो।
लगानीकर्ताको मुद्धा एकपछि अर्को गर्दै ओझेलमा पर्न थालेपछि सोबेला पटक पटक बिजशालाले यो बिषय उठान गरेको थियो ।
आन्दोलनको क्रममा लगानीकर्ता संघले उठाएको मागमध्ये बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, पूर्ण स्वचालित अनलाइन प्रणाली तत्काल सुरु हुनुुपर्ने लगायतका माग अझै पनि पूरा भएका छैनन्।
सुवेदीले छाडेपछि संघको स्वाङ !
सेयर लगानीकर्ता संघको भण्डाफोर गर्दै महासचिव सुवेदी विद्रोह गरेर हिँडेपछि संघले हतार हतार शुक्रबार विज्ञप्ति निकालेर लगानीकर्ताको हितमा बोलेको स्वांग पारेको छ । संघले पछिल्लो समय बिना आधारभूत कारण बजार घटिरहेको भन्दै सोचविचार गरेर मात्र निर्णय लिन आम लगानीकर्तालाई आग्रह गरेको छ । लामो समयदेखि निस्क्रिय रहेको संघले सुवेदी हिँडेलगत्तै विज्ञप्तिबाजी गर्नुले आफ्नो अस्तित्व देखाउन खोजेको प्रष्टै बुझिन्छ ।
के भन्छन् उत्तम अर्याल ?
सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भने तत्कालीन महासचिव सुवेदीतर्फ नै आरोप फर्काएका छन् । उनले सुवेदीले आफूहरुमाथि जस्तो आरोप लगाए, उनको त्यही बिषय खोज्दै जाने हो भने के होला ? भनेर प्रश्न गरे । सुवेदीले संगठनलाई व्यक्तिगत स्वार्थमा चलाउन खोजेको, जिम्मेवार अधिकारी र सदस्यहरुलाई अनावश्यक आक्षेप लगाएको र सोही आधारमा संघले लिखित स्पष्टीकरण सोधेपछि उनले संघ छाडेर हिडेको अर्यालले दाबी गरे । ‘हामी संघको नीति र उद्देश्यमा अडिग छौ ।’ उनले थपे–‘एउटा व्यक्ति जाँदैमा हामी विचलित हुँदैन ।’ उनले सुवेदीले आफूहरुमाथि अनावश्यक आरोप लगाएका दाबी गर्दै भने–‘हामीमाथि लागेको आरोप पुष्टि गर्न प्रमाण ल्याउन म उहाँलाई चुनौति दिन्छु।’
यी समाचारहरु पनि छुटे कि ?
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago