काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले आफ्नो १२औँ वार्षिकोत्सवका अवसरमा कम्पनीको रणनीतिक सोच र दीर्घकालीन लक्ष्य सार्वजनिक गरेको छ।

जलविद्युत एवं नवीकरणीय ऊर्जासँग सम्बन्धित आयोजनामा लगानी गर्न मुलुककको सक्षम र अग्रणी संस्थाका रुपमा कमपनीलाई विकास गर्ने दूरदृष्टि एचआईडीसीएलको रहेको छ। 

वित्तीय स्रोत पर्चिालन तथा जलविद्युत तथा नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी विस्तारका माध्यमबाट राष्ट्रिय आय, विद्युत उत्पादन तथा आपूर्ति र रोजगारीमा अभिवृद्धि गरी राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान गर्ने रणनीतिक सोच एचआईडीसीएलको रहेको छ। 

एचआईडीसीएलले वित्तीय स्रोतको परिचालन तथा सन्तुलित लगानी व्यवस्थापनका माध्यमबाट लगानीकर्तालाई आकर्षिक प्रतिफल प्रदान गर्ने रणनीतिक सोच राखेको छ। संस्थागत सुदृढीकरण, क्षमता विकास, संस्थागत सुशासन प्रवर्द्ध र व्यवसाय विस्तारका माध्यमबाट कम्पनीलाई सक्षम र विश्वसनीय संस्थाका रुपमा विकास गर्ने एचआईडीसीएलको रणनीतिक सोच रहेको छ। 

यस्ता एचआईडीसीएलका दीर्घकालीन लक्ष्य

कम्पनीको ४ वर्षे रणनीतिक योजनाबमोजिम आ.व. २०८७–८८ सम्म कम्पनीको पोर्टफोलियो देहायबमोजिमको हुने दीर्घकालीन लक्ष्य निर्धारण गरिएको छ–

  • कुल लगानीमध्ये न्यूनतम ४५ प्रतिशत सेयर पुँजीमा र अधिकतम ५५ प्रतिशत ऋणमा लगानी गर्ने गरी दीर्घकालीन लगानी संरचना तयार गर्ने।
  • करिब १० हजार मेगावाट जडित क्षमताका जलविद्युत आयोजनाहरुमा रु. १५० अर्ब बराबरको लगानीमा कम्पनीको संलग्नता रहने।
  • कम्पनीको पुँजी कोषमा न्यूनतम तीनगुणा लचकता कायम गर्ने गरी सेयर पुँजीबापत रु.४० अर्ब र अन्य वित्तीय उपकरणका माध्यमबाट रु. १२० अर्बसहित कुल रु. १६० अर्ब वित्तीय स्रोतको परिचालन गर्ने।
  • परिचालन भएको वित्तीय स्रोतको न्यूनतम ९० प्रतिशत रकम जलविद्युत आयोजनाहरुमा लगानी गर्ने।
  • कम्पनीका सेयरधनीलाई वार्षिक न्यूनतम १० प्रतिशत दीर्घकालीन प्रतिफल प्रदान गर्ने गरी वित्तीय स्रोतको व्यवस्थापन गर्ने।