काठमाण्डौ । लगानी सम्मेलन २०१९ भव्य समारोहका बीच सुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एक भव्य समारोहका बीच पानसमा दीप प्रज्वलन गरेर लगानी सम्मेलनको उद्घाटन गरेका हुन् ।
सम्मेलनमा ४० देशका ६ सय बढी लगानीकर्ता तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
देशकै सयौं लगानीकर्ता समेत सम्मेलनमा सहभागी छन् ।
लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा धेरै अवसरहरुले उनीहरुलाई पर्खिरहेको बताए । उनले विदेशी लगानीकर्ताहरुका लागि नेपाल विजिनेश हब मात्र नभई दोश्रो घर बन्नसक्ने समेत दाबी गरे ।
‘हामी विकासको युग सुरु गरिरहेका छौ । म आशावादी मान्छे हुँ । तपाईजस्ता राम्रो मान्छेहरुको होस्टेमा हैसे भए नेपाल चाँडै समृद्ध मुलुक हुनसक्छ । हाम्रो आर्थिक विकासलाई थप गति दिन तपाईको सहकार्य आवश्यक छ ।’ ओलीले भने ।
आपसी लाभका लागि लगानी सम्मेलन आयोजना गरिएको उल्लेख गर्दै उनले नेपालमा लगानी गर्दा देशको विकास हुने र यहाँबाट गरिएको लगानीबाट लगानीकर्ताले राम्रो रिटर्न पाउने खुलाए ।
लगानी सम्मेलनको क्रममा ७७ वटा प्रोजेक्ट सोकेशमा राखिएको समेत उनले जानकारी दिए ।
उनले प्रजातान्त्रिक प्रणालीबाट निर्वाचित तीन तहको सरकार देशमा रहेको जानकारी दिंदै सरकारले लिएको आर्थिक विकास र रुपान्तरणको सपना यथार्थमा परिणत गरिने प्रतिबद्धता जनाए । ‘अहिलेको पुस्ताले नै सुखी नेपाली र समृद्ध नेपाल देख्न पाउनेछ । यो मेरो कोरा कल्पना मात्र होइन, संभव भिजन हो ।’ उनले थपे ।
नेपालमा हिंसा नरहेको, लगानीमैत्री कानून रहेको र सहज लगानीको वातावरण रहेको समेत उनले सो क्रममा दाबी गरे ।
लगानीका लागि बाधक देखिनसक्ने कानून संसोधन भइसकेका, राजनीतिक स्थायीत्व रहेको र नीतिगत स्थायीत्वका लागि समेत विगत १ वर्षमा थुप्रै कार्यहरु भएका भन्दै अबको पालो आर्थिक विकासको रहेको उनले जानकारी दिए ।
उनले नेपालले प्रत्यक्ष विदेशी लगानीको वातावरण बनाएको दाबी गर्दै भने–‘आर्थिक रुपान्तरणबिना राजनीतिक स्थायीत्वको अर्थ नहुने रहेछ । जसरी हामीले राजनीतिमा चमात्कार गर्यौ, आर्थिकमा किन गर्न सक्दैनौ ? भन्ने प्रश्न आउन सक्ला । त्यो बेलामा मेरो उत्तर हुनेछः मज्जाले सक्छौ ।’
उनले विगत केही महिनादेखि आफूहरुले अथक प्रयास गरी लगानीमैत्री कानून निर्माण र वातावरण तयार पारेको उल्लेख गर्दै विदेशी लगानीकर्ताहरुलाई वन स्टप सर्भिस दिइने बताए ।
नेपालले हालै विश्वव्यापी रुपमा चलेको सामाजिक सुरक्षा स्किम लञ्च गरेको र यसले देशको आर्थिक सामाजिक क्षेत्रमा राम्रो काम गरेको बताए ।
नेपालमा उद्योग लगाउन जग्गा प्राप्ति, कम्पनी दर्तामा कुनै झञ्झट नरहेको उल्लेख गर्दै सरकारले हालै सुरु गरेको अनलाइन रजिष्ट्रेसन र पेमेन्ट सिस्टमलाई निकट भविष्यमै पूर्ण डिटिटाइज्ड गरिने आश्वासन दिए । दोहोरो करको झञ्झट नपर्ने र अन्य सबै सुविधा लगानीकर्तालाई दिइने उनको आश्वासन थियो ।
उनले नेपालका संभावनायुक्त क्षेत्रमा सतप्रतिशत वैदेशिक लगानी खुल्ला गरिएको जानकारी दिंदै भने–‘करमा लचक नीति अपनाइनेछ । ट्याक्स होलिडेडको ग्यारेण्टी गरिनेछ । राम्रो इन्सेन्टिभ दिइनेछ ।’
नेपालको ५७ प्रतिशत जनसंख्या काम गर्नसक्ने श्रमशक्तिको रुपमा रहेको उल्लेख गर्दै उनले भने–‘तुलनात्मक रुपमा यहाँ सस्तो श्रम शक्ति पाउन सकिन्छ । यहाँका युवामा अधिकांशसँग अंग्रेजी भाषाको ज्ञान छ ।’
यस्तै, विदेशी लगानीकर्ताले दक्ष जनशक्ति समेत राम्रो मूल्यमा पाउने दाबी गरे ।
लगानीको क्रममा कुनै कानूनी झमेला भए त्यसलाई फास्ट ट्रयाकमा समाधान गरिने सिस्टम विकास गरिएको समेत उनले सुनाए ।
नियमित विद्युत आपूर्तिको ग्यारेण्टी रहेको नेपाल चाँडै नै पावर सरप्लसमा पुग्ने उल्लेख गर्दै बाटोघाटो समेत चौतर्फी विकास भइरहेका र समग्रमा कनेक्टिभिटीको राम्रो अवस्था रहेको बताए ।
देशले प्रत्येक प्रदेशमा विशेष आर्थिक क्षेत्र स्थापना गर्न चाहेको र त्यहाँ विशेष सुविधामा उद्योग कलकारखाना लगाउन सकिने समेत बताए । संघीय संरचनाअनुसार देशले सन्तुलित विकास चाहेको उल्लेख गर्दै सरकारले प्रत्येक स्थानीय निकायमा उद्योग ग्राम स्थापनाको परिकल्पना गरेको समेत सुनाए ।
उनले दुई ठूला अर्थतन्त्र(भारत र चीन)को बीचमा नेपाल रहेको र ती दुवै देशका बजार नेपालका लागि सहज भएकोले समेत यहाँ लगानी गर्नेले निकै राम्रो लाभ लिनसक्ने तर्क पेश गरे ।
लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालले दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य राखेको र यो लक्ष्य विदेशी लगानीकर्तासँगको सहकार्यबाट मात्र संभव भएको भन्दै नेपालका संभावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
नेपालका उर्जा, पर्यटन, भौतिक पूर्वाधार, प्राकृतिक स्रोतमा आधारित क्षेत्र र उत्पादनमूलक क्षेत्रमा लगानीको अथाहा संभावना रहेको समेत उनले लगानीकर्तालाई सुनाए ।
नेपालले विगत केही वर्षदेखि निकै राम्रो म्याक्रो इकोनोमी ट्याक रेकर्ड कायम गरिरहेको उल्लेख गर्दै ५ प्रतिशतको न्यूनत मुद्रास्फिति, विदेशी मुद्राको यथेष्ट सञ्चिती, पारदर्शी कर प्रणाली, प्रतिस्पर्धी कर्पोरेट ट्याक्स सिस्टम लगायतका कारण लगानीमैत्री वातावरण र लगानीको राम्रो रिटर्न आउने अवस्था रहेको दाबी गरे ।
सोलिड म्याक्रो इकोनोमिक फाउण्डेसनको आधारमा नेपालले अब उच्च आर्थिक वृद्धिको यात्रा सुरु गर्ने उल्लेख गर्दै सस्टेनेशल ग्रोथको नेपाल सरकारको लक्ष्य चुमेरै छाड्ने प्रतिबद्धता समेत जनाए ।
देशले सन् २०३० सम्म न्यून आय भएको मुलुकबाट मध्य आय भएको मुलुकमा स्तरोन्नति हुने लक्ष्य राखेको सुनाउँदै अर्थमन्त्री डा. खतिवडाले यो लक्ष्य प्राप्तिका लागि ठूलो लगानी आवश्यक रहेको र यसका लागि नेपाली स्रोत साधन मात्र पर्याप्त नभएकोले विदेशी लगानी भित्र्याउनुपर्ने अवस्था रहेको प्रष्ट्याए ।
उनले राजनीतिक स्थायीत्वसँगै नीतिगत स्थायीत्व समेत कायम भएको र वैदेशिक लगानीका लागि बाधक देखिएका धेरै कानून परिमार्जन गरेर सहज अवस्था बनाइएको भन्दै ढुक्क भएर लगानी गर्न लगानीकर्ताहरुलाई आह्वान गरे ।
उनले लगानीको प्रतिबद्धतासहित सम्मेलनको प्लेनरी छलफलको क्रममा विदेशी लगानीकर्ताहरुबाट नवीन विजिनेश आइडिया र आर्थिक समृद्धिका लागि अन्य देशले अख्तियार गरेका रणनीतिको विषयमा समेत महत्वपूर्ण कुरा आदानप्रदान हुने र नेपालले पनि केही सिक्ने अवसर पाउने अपेक्षा व्यक्त गरे ।
उनले लगानीकर्ताहरुलाई लगानी सम्मेलन सकिएपछि पनि केही दिन नेपालमै बसेर यहाँको प्राकृतिक सुन्दरताको रसस्वादन गर्न आग्रह गरे । ‘हाम्रो सुन्दर देश डूल्नुहोस्, नेपालीहरुको सत्कार लिनुहोस् ।’ उनले भने–‘लगानीको संभाव्यता समेत तपाई आफैं देश डूलेर हेर्न सक्नुहुन्छ ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19