काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनीहरुले हकप्रद सेयरको हक हस्तान्तरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती लिनुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले मंगलबार ‘घ’ वर्गको इजजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा यो व्यवस्था थप गरेको हो। थप व्यवस्थाअनुसार अब संस्थापक–संस्थापकबीचमा हकप्रद सेयरको हक हस्तान्तरण गर्ने राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ।
संस्थापक–संस्थापकबीचमा सेयर खरिदबिक्री भएमा प्रचलित कानुनको रित पुर्याई सोको जानकारी १५ दिनभित्र राष्ट्र बैंकमा दिनुपर्ने व्यवस्था छ।
राष्ट्र बैंकले तोकेको ढाँचासहितको निवेदन पेस नगरेमा र प्रचलित कानुनले अयोग्य ठहर गरेको अवस्थामा कुनै पनि व्यक्ति वा संस्थालाई संस्थापकले आफ्नो स्वामित्वको सेयर नामसारी वा बिक्री गर्न पाउने छैनन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago