नयाँदिल्ली । अनर कम्पनीको एक फोनले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो वर्ष यो फोन १ सेकेण्डमै बिकेको थियो । यो फोनको मोडल अनर ३० एस हो ।
केबल एक सेकेण्डमा नै १०० करोड भारुभन्दा धेरैको अनर ३० एस फोन बिकिसकेको भारतीय मिडियाहरुले जनाएका छन् ।
अनरले मार्च अन्तिममा किरिन ८२० जी चिपसेटका साथ यसले पहिलो स्मार्टफोन लञ्च गरेको थियो । यो स्मार्टफोन कालो, नीलो, हरियो र सेतो रंगहरुमा उपलब्ध छन् ।
पहिलो वर्षमा नै होनरको यस मोडललाई ठूूलो सफलता मिलेको थियो । चीनमा पहिलो वर्षमा होनर ३० एस को बिक्री १०० मिलियन युुआन(करिब १०७ करोड भारु) भइसकेको छ । नयाँ चिपसेट भएको यो फोनमा ड्युुल मोड फाइभ जी क्षमता जडान गरिएको छ ।
यो स्मार्टफोनमा २ वर्षको वारेन्टी पनि छ । ८ जीबी र्याम र १२८ जीबी स्टोरेज क्षमता भएको मोडलको मूूल्य करिब २५ हजार ८०० भारु छ । ८ जीबी र्याम र २५६ जीबी र्यामको मोडलको मूूल्य भने करिब २८ हजार ९०० भारु छ ।
विशेषताहरु
होनर ३० एस स्मार्टफोनमा ६.५ इञ्चको आइपीएस एलसीडी रहेको छ र फोनको रिजोलुुसन १०८० गुुणा २४०० पिक्सेल रहेको छ । होनरको यो फोनमा फिगंरप्रिन्ट सेन्सरसमेत दिइएको छ ।
फोनमा किरिन ८२० जी प्रोसेसर छ । स्मार्टफोनमा सिम स्लट साझेदारी गरिएको छ ताकि एसडी कार्ड पनि सपोर्ट गरोस् ।
होनरको यो मोडलमा ४ हजार एमएएच ब्याट्ी र ४० वाट रेपिड चार्जिगं पनि सपोर्ट गर्छ । फोनको अगाडि सेल्फीका लागि १६ मेगापिक्सल क्यामेरा पनि छ ।
फोनको पछाडि भने रेक्टुुगुुंलर क्यामेरा जडान छ जसमा प्राइमरी क्यामेरा भने ६४ मेगापिक्सल छ । यसको अलावा फोनको पछाडि ८ मेगापिक्सलको टेलिफोटो लेन्स,८ मेगापिक्सलको अल्ट वाइड सेन्सर र एलइडी फ्ल्यासका साथ २ मेगा पिक्सल डेप्थ सेन्सर जडित छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago