काठमाण्डौ । सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद लम्बिएको छ। 

गत असोज १४ गतेदेखि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थपेर कुल २३७.५८ रुपैयाँ प्रतिकित्ताको दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको छ। यो आईपीओ निष्कासन बन्द छिटोमा असोज १७ गते बैंकिङ समयपछि भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेका कारण आवेदन दिने म्याद लम्ब्याउनुपरेको धितोपत्र बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलले जनाएको छ। 

अब यथोचित संख्यामा प्रमाणित आवेदन प्राप्त भएमा असोज २८ गतेअगावै सूचना प्रकाशित गरी आईपीओ निष्कासन बन्द गरिने क्यापिटलले स्पष्ट पारेको छ। 

यो कम्पनीले निष्कासन गरेको प्रिमियम मूल्यको आईपीओमा तेस्रो दिनसम्म करिब ८८ प्रतिशतभन्दा बढी कित्ताका लागि मात्र आवेदन परेको छ। मंगलबार साँझ ५ बजेसम्मको सीडीएससीको डेटाअनुसार ७ लाख ३२ हजार ९५३ आवेदकबाट ८५ लाख ६६ हजार ८४० कित्ता खरिदका लागि आवेदन परेको छ।