काठमाण्डौ । लष्ट होराइजन जंगल रिसोर्टले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावलगायतका अन्य प्रस्तावहरु पारित गर्न  प्रथम वार्षिक साधारणसभा बोलाएको हो ।

सभा आगामी पुस १३ गते कम्पनीको रजिष्टर्ड कार्यालय, स्वयम्भु, काठमाण्डौमा बिहान ११ बजेबाट सुरु हुने छ ।

सभाले सञ्चालक समितिको निर्वाचन, गत आर्थिक वर्ष २०७०/ ०८० को वित्तीय विवरण तथा लेखापरीक्षको प्रतिवेदनसहित वासलात, नाफानोक्सान हिसाब तथा चालू आर्थिक वर्ष २०८०/ ०८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका अन्य प्रस्तावहरु छलफल गरि पारित गर्ने छ ।