 
                     
                                
                             
                                    काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश वितरण नगर्ने भएको छ।
बैंक सञ्चालक समितिको मंगलबार (पुस ५ गते) बसेको बैठकले सेयरधनीहरुलाई उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। योसँगै बैंकले सेयरधनीहरुलाई बोनस सेयर र नगद लाभांश वितरण गर्ने छैन।
एनआईसी एसिया बैंकले अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा लाभांश वितरण गरेको थिएन।
सोही बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी स्वीकृति गर्ने निर्णय गरेको छ। अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय पनि बैठकले गरेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19