काठमाण्डौ । यूनिभर्सल पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले आगामी पुस २९ गते कम्पनीको मुख्य कार्यालय त्रिपु्रेश्वरमा सभा डाकेको हो । 

उक्त सभामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ८.५५ प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद लाभांस गरी कुल ९ प्रतिशत लाभांस वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै सभामा लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरु पारित गरिनेछ । 

कम्पनीले वार्षिक साधारण सभाका लागि पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।