काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालले लिलामीमा आएको सेयरका लागि काठमाण्डौ बाहिरका सबै क्षेत्रबाट आवेदन दिनसक्ने व्यवस्था हुनुपर्ने माग गरेको छ ।
धितोपत्र बोर्डले आइतबार मातहतका सबै निकायलाई निर्देशन दिंदै आस्वा प्रणालीबाट समेत हकप्रद भर्न पाउने व्यवस्था गर्न र नबिकेको हकप्रद लिलामीबाट बिक्री गर्दा काठमाण्डौ बाहिरका ७ मुख्य शहरबाट समेत आवेदन दिनसक्ने व्यवस्था गर्न भनेको थियो ।
बोर्डले नयाँ व्यवस्थाका लागि गरेको परिपत्रलाई स्वागत गर्दै सेयर लगानीकर्ता संघले लिलामीमा आएको सेयर खरीदका लागि देशका सबै स्थानहरुबाट आवेदन दिनसक्ने व्यवस्था लागूू हुनुपर्ने माग गरेको हो ।
देशका सबै स्थानहरुमा लिलामीको सेयरमा आवेदन दिन पाउने व्यवस्थाले लगानीकर्तालाई उत्साहित बनाउने, बजारको विकासमा थप टेवा पुुग्ने र संघीयतामा कुनै पनि लगानीकर्ताले विकटताको पीडा महसुस गर्न नपर्ने संघको भनाई छ ।
संघका उपाध्यक्ष ताराप्रसाद फूल्लेलले लगानीकर्ताहरुको समस्याको बिषयमा बोर्डलाई आफूहरुले बारम्बार सुुझाव दिंदै आएको र त्यसलाई क्रमशः कार्यान्वयनका लागि बोर्डले देखाएको तदारुकताको समेत प्रशंसा गरेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago