काठमाण्डौ । लिलामीबाट समेत सेयर बिक्री हुन छाडेपछि कतिपय कम्पनीलाई पूँजी वृद्धिमा निकै ठूलो सकस परिरहेको छ । यस्तैमध्येको एक कम्पनीको हो रिलायन्स फाइनान्स । जसले २ पटकको प्रयासमा समेत हकप्रदबाट बिक्री नभएको सेयर लिलामीबाट बिक्री गर्न नसकेपछि आज(साउन ८ गते)देखि तेश्रो पटक लिलामी खुलाएको छ ।
यो कम्पनीले ३ लाख १ हजार २ सय ७४.५२ कित्ता बिक्री नभएको संस्थापक सेयरको बिक्री खुलाएको हो । लिलामीमा सहभागी हुनका लागि साउन १६ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।
इच्छुकले न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लिलामीमा सहभागी हुन चाहनेले न्यूनतम प्रतिकित्ता १०० रुपैयाँको मूल्य लगाउनुपर्नेछ ।
लिलामी प्रक्रियालाई सहजीकरणका लागि सनराइज क्यापिटलले निश्कासन तथा बिक्री प्रबन्धकको काम गर्नेछ ।
यो फाइनान्स कम्पनीले यसअघि ५ लाख ४२ हजार ३ सय १४ कित्ता सेयर लिलामीमा राखेको थियो । यसअघि २ पटक लिलामीमा ल्याए पनि कम्पनीको सेयर बिक्री हुन सकेको छैन । यो पटकको लिलामी तेश्रो हो ।
कम्पनीले हालै सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । हाल कम्पनीको चुक्तापूँजी ५१ करोड २५ लाख रुपैयाँ रहेको छ ।
४५ प्रतिशत हकप्रद तथा १२ प्रतिशत बोनसपछि बढेर ८३ करोड २४ लाखको उचाईमा पुग्नेछ । यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता १२५ रुपैयाँ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago