काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनीको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
अध्यक्ष डा. आत्माराम घिमिरेको सभापतित्वमा आज कम्पनीको साधारण सभा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण पारित गर्ने, अन्य कम्पनीलाई प्राप्ति तथा मर्जरको प्रकृया अघि बढाउन अख्तियारी दिनेलगायतका प्रस्तावहरु पारित गरेको छ ।
कम्पनीको कुल जारी पूँजी रु १ अर्ब ५० करोड मध्ये रु.१ अर्ब १२ करोड ५० हजार बराबरको संस्थापक सेयर र बाँकी रु.३७ करोड ५० लाख बराबरको आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारण समेतलाई साधारण सेयर जारी भई हाल सम्पूर्ण सेयर लक–इन खुला भएसँगै कारोबार भइरहेको छ ।
कम्पनीको अघिल्लो साधारण सभाबाट हालको चुक्ता पूँजीको ५०% का दरले हुन आउने रकम रु. ७५ करोड बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भए बमोजिम उक्त हकप्रद सेयर निष्काशनको अन्तिम स्विकृतीको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिई प्रकृयामा रहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19