काठमाण्डौ । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको रु. १५ करोडबराबरको आईपीओको खरिद आवेदन दिने आज बुधबार अन्तिम मौका रहेको छ।
कम्पनीले गत साउन ७ गतेदेखि आईपीओ निष्कासन गरेको थियो। आज बैंकिङ समयसम्म आवेदन दिन सकिने आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ।लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले १०० रुपैयाँअंकित १५ लाख कित्ता आईपीओ प्रभावित क्षेत्रका बासिन्दाका लागि पुनः बिक्री खुलाएको हो। निष्कासित कुल सेयरमध्ये आयोजनाबाट अतिप्रभावित क्षेत्र लमजुङको दोर्दी गाउँपालिका वडा नं. ६ र ७ का स्थायी बासिन्दाहरुलाई ३३.३ प्रतिशत अर्थात् ५ लाख कित्ता र प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका बाँकी वडा र बेसीसहर नगरपालिका वडा नं. ११ का स्थानीयलाई ३३.३३ प्रतिशत अर्थात् ५ लाख कित्ता बाँडफाँड गरिनेछ। त्यसैगरी लमजुङ जिल्लाका सम्पूर्ण बासिन्दाहरुका लागि बाँकी ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता सेयर बाँडफाँड गरिनेछ।
कम्पनीले गत फागुन २७ गतेदेखि बिक्री खुलाएको आईपीओ छिटोमा चैत ११ गते र ढिलामा चैत २६ गते बन्द हुने भनिएको थियो। तर विश्व महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि नै लकडाउन जारी गरेपछि आईपीओ बिक्री प्रक्रिया स्थगित भएको थियो।
यो आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ प्राप्त गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको देखाउँछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago