काठमाण्डौ । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले रु. ३५ करोड ६४ लाख रुपैयाँ बढीको आईपीओ आउँदो भदौ ३ गते सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ।
कम्पनीले जारी पुँजीको २५ प्रतिशतले हुन आउने रु ३७ करोड ५० लाख रुपैयाँबराबरको रु. १०० अंकित ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाका लागि निष्कासन गरिएकोमध्ये बाँकी रहन गएको १३ लाख १४ हजार ९३० कित्तासमेत गरी ३५ लाख ६४ हजार ९३० कित्ता (सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको कित्तासमेत) सेयर सर्वसाधारणमा निष्कासन गर्ने भएको हो।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन बन्द छिटोमा भदौ ७ गते र ढिलामा भदौ १७ गते (बैंकिङ समयपछि) हुनेछ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।
यसअघि कम्पनीले आयोजना प्रभावितका लागि साउन ७ गतेदेखि साउन २१ गतेसम्म रु. १५ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो।
यो आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ प्राप्त गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको देखाउँछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago